तस्विरमा अध्यक्ष दाहालको विकास बोर्ड प्रवेश

चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले सोमवार पदभार ग्रहण गरेका छन् । उनी गत बिहीवार मन्त्री परिषद्को बैठकबाट अध्यक्ष पदमा नियुक्त भएका थिए । ०७६ मंसिर २९ तत्कालिन अध्यक्ष केशव भट्टराईको निधन भएपछिपद रिक्त भएको थियो । चलचित्र विकास बोर्डको कार्यालय चाबहिलमा पुगेर उनले पदभार ग्रहण गरेका उनलाई चलचित्र विकास बोर्डका कर्मचारीहरू लगायत केही फिल्मकर्मीले स्वागत गरेका थिए ।
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय बाट चलचित्र विकास बोर्डको अध्यक्ष पदको नियुक्ति लिएसँगै उनी पदभार ग्रहण गर्न सोमबार बेलुकी ४ बजे बोर्ड पुगेका थिए ।

पदभार ग्रहण गरेपछि नवनियुक्त अध्यक्ष दाहालले वर्तमान समयमा कोरोना भाइरसले फिल्म क्षेत्रमा सृजना गरेको कठिन परिस्थितिलाई सबै संघ संस्थाहरुको सहमति र सहभागितामा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यो चुनौतीको समयमा आफू सम्पूर्ण फिल्मकर्मीको साथमा रहेको र बोर्डको क्षेत्राधिकारभित्र रहेका कुरालाई बोर्डबाटै निवारण गर्ने उनले बताए ।