‘गोली शिशाको’ नबनेको भए दीपाश्रीको अस्तित्व आज के हुन्थ्यो ?

लकडाउन सुरु भएसङै नेपाली कलाकारितामा विवाद नै विवाद सुरु भएको छ । दिपाश्री निरौलाले राजेश हमाल महानायक हो र ? भनेर प्रश्न गरे सगै मिडिया र सामाजिक सन्जाल तातेको छ । उनले राजेश हमालले फिल्म धेरै खेलेर गलत गरेको आरोप लगाएकी थिइन् ।बर्षमा एक फिल्म गरेर सहि गरेको र  फिल्म जगतमा ठुलो योगदान दिएको बताएकी थिइन् । उनको यो अभिब्यक्तीसंगै उनको ट्रोल बन्ने शृंखला बढ्यो ।

दीपक राज गिरीले गरेको सस्तो प्रतिक्रियाले त झन दिपकको महानायक बन्ने चाह भनेर बिरोध भयो । अन्तत राजेश हमालले केन्द्रबिन्धु टेलिभिजनमा आएर आफ्नो कुरा स्पस्ट पारेका छन् । उनले फिल्म खेल्नको लागि खेल्ने भन्दा पनि धेरै फिल्म खेलेर नेपाली फिल्म क्षेत्रलाई उध्योगको रुपमा स्थापित गर्न तर्फ पहल गरेको बताएका छन् । म फिल्मको राम्रो कलाकार भन्दै घमन्ड गरेर बर्षमा दुई फिल्म खेलेको भए ‘गोलि सिसाको’ गीतमा वहाँ आफैले समेत अवसर पाउनु हुने थिएन, भनेर जवाफ दिए ।

आफ्नो तरिकाले अगाडि बढेर आफ्नो आफ्नो काम गर्न समेत उनले आग्रह गरेका छन् । पद सम्मान भनेको दर्शकले दिने र कसैले खोसेर लैजान नसक्ने तर्फ उनको जोड थियो । राम्रो काम गर्न सके दीपाले पनि अर्को पदवी पाउन सक्ने बताएका छन् । फिल्म क्षेत्रलाई चिनाउनमा धेर थोर लगानी सबैको भएको ले एक अर्कालाई दोषारोपण गरेर केही पनि हुन सक्दैन । राजेशले आफ्नो धरातल कसैएल पनि बिर्शिना नहुनेमा जोड दिएका छन् ।

बर्षमा केही सिमित फिल्म खेलेको भए धेरै फिल्म बन्न नसक्ने र फिल्ममा हुने अन्य प्राविधिक देखि नया कलाकारको जन्म समेत सम्भव नभएकोहुने थिएन भन्ने उनको बुझाइ छ ।  अझै पनि अभिनयको भोक नमरेको बताउने राजेशले स्थिति सामान्य भए पश्चात केही नया गर्ने योजनामा रहेको समेत उक्त अन्तर्वार्तामा बताएका छन् ।
भिडियो: