‘८३’का लागि दीपिकाको १४ करोड पारिश्रमिक

फिल्म ‘८३’ मा भारतीय अभिनेत्री दीपिका पादुकोणले ठुलो रकम लिएको चर्चा भारतीय मिडियामा चल्न थालेको छ ।  उनले उक्त फिल्मका लागि १४ करोड लिएकोखबर बाहिरिएको छ ।  तर यस विषयमा उनले र उनका पति तथा को एक्टर रणवीर सिंहले कुनै प्रतिक्रिया दिएका छैनन् ।

दीपिका यो समय एसिड आक्रमणमा परेकी एक युवतीको जीवनमा आधारित फिल्म छपक्कको काम सकेर बसेकी छन् । फिल्म ‘८३’मा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गर्दैछन् भने दीपिका कपिल देवको श्रीमती बन्दै छिन् । फिल्मको छायांकन लन्डनमा सुरु भैसकेकी छ ।