डिप्रेशनको बारेमा खुलिन दिपिका

दिपिका पादुकोण यतिबेला स्विट्जरल्याण्डको डावोसमा आयोजना भैरहेको ‘वर्ल्ड इकोनोमिक फोरम’ मा छिन् । मंगलवार उनले त्यहाँ डब्ल्यूएचओ का महानिर्देशक सँग मानसिक स्वास्थ्य र डिप्रेशनबारे खुलेर चर्चा गरेकी छिन ।

उनले बिगत सम्झिदै  भनिन – ‘एक दिन बिहान म उठ्ना साथ बेहोस भएँ, संयोगवश घरमा सहायता गर्ने महिलाले भुइँमा लडिरहेको देखिन र मलाई डक्टरकोमा लगियो । डक्टरले ब्लड प्रेसर या थकानको कारणले यस्तो भएको बताए ।’ दिपिकाको अनुसार यो डिप्रेशनको पहिलो शारीरिक संकेत हो । उनले अगाडी बताइन – ‘ लामो समय सम्म मलाई केवल सुतिरहन मात्र मन लाग्थ्यो, बाहिर निस्किन र मान्छेहरु सँग भेट्न मन लाग्दैनथ्यो ।’ उनले पछी आफ्नी आमाको साथ पाएको र आमाकै सहयोगमा मनोचिकित्सक सँग परामर्श लिन शुरु गरेको बताइन ।