‘८३’ मा रणवीरकी श्रीमती दीपिका

रणवीर सिंह अभिनित फिल्म ‘८३’ मा उनकी रियल लाइफ वाइफ दिपिका समेत फिल्ममा जोडिएकी छन् । क्रिकेटर कपिल देवको बायोपिकमा बनेको फिल्ममा रणवीर कपिल देवको भूमिकामा देखिएका छन् भने कपिल देवकी श्रीमती रोमीको भूमिकामा दीपिका पादुकोण देखिदैछिन ।

फिल्मलाई कविर खानले निर्देशन गरेका छन् र रोमी देवको भूमिकाका लागि आफूले दीपिकालाई नै सोचेको बताएका छन् । फिल्म अप्रिल १० मा विश्वभर रिलिज हुँदैछ ।

यस अघि ‘रामलीला’ मा यी दुइको जोडीलाई दर्शकले मन पराएका थिए ।