हामी बेहुला-बेहुली हुने दिन आउँदैछ – दिवाकर / दिपिका (भिडियो अन्तर्वार्ता)

इन्गेजमेन्ट पछी निर्देशक दिवाकर भट्टराई र नायिका दिपिका प्रसाईंको जोडी चर्चामा छ । आफ्नो सम्बन्धको बारेमा मेरोफिल्मसंगको भिडियो अन्तर्वार्तामा उनीहरुले भने, ‘फिल्ममा माया गराउन सिकाए पनि रियल लाइफमा त्यही कुरा गर्न डर लाग्दो रहेछ । तर अब डराउन पर्दैन भनेर आफ्नो सम्बन्ध सार्वजनिक गरेका हौँ’ । कुराकानी कै क्रममा दिपिकाले भनिन्, ‘एउटा तस्विर र त्यसमा रहेको क्याप्सनबाट सम्बन्ध बाहिर ल्याउनु परेकोमा दुखी छैन किनकी मेरो दुलही हुने दिन आउँदैछ ।’ मायाको सुरुवात फिल्म ऐश्वर्यबाट भएको बताउने यो जोडीले अहिले सम्म एक अर्कालाई प्रेम प्रस्ताव भने नराखेको बताए । दिवाकरले सिधै विवाहको प्रस्ताव राखेको नायिका प्रसाईंले बताइन् । कोर्ट म्यारिज गरिसकेको र औपचारिक विवाह २०१९ भित्रै गर्ने योजनामा रहेका उनीहरुले आफ्नो सम्बन्धका बारेमा अरु के के भने ? हेर्नुहोस् भिडियो :