दीपशिखालाई लकडाउनमा घरजम गर्ने रहर

नायिका तथा निर्मात्री दीपशिखा खड्का पछिल्लो समय युएइमा रहेकी छिन् । फिल्म मेकिंग सम्बन्धि भर्खरै काम सुरु भएकोमा लकडाउनले उनी फुर्सदिली भएकी छन् ।

घर भित्रै थुनिनुको पीडा हुन सक्छ, उनलाई घरजम गर्ने रहर बढेको छ । कहिले सिन्दुर लगाएको तस्विर सार्वजनिक गर्छिन् उनी । कहिले सम्बन्धमा रहेको भनक आउने पोष्ट गर्छिन् ।

पछिल्लो समय त उनले सामाजिक संजाल मार्फत सम्बन्धमा रहेको स्विकारी सकेकी छन् । करियरमा समेत उकालो लाग्दै गरेको अवस्थामा पछिल्लो समय उनी निर्देशित प्रोजेक्टको क्लिप समेत सार्वजनिक भएको थियो । यहि बीच उनको ‘साजनको घर जाने’ रहर स्टोरी मार्फत देखिन थालेको छ ।

लकडाउन भरि चै प्रतीक्षा गर्नुस है दीपशिखा जी । पहिला ज्यान सुरक्षित राख्नुस । कोरोना कहर सकिए पछि जिन्दगी बाकि नै छ नी ।

Gepostet von Dipshikha Singh Khadka am Dienstag, 12. Mai 2020