‘धाकड’को पोस्टरमा कंगना

भारतीय फिल्म ‘धाकड’को पोस्टर सार्वजनिक भएको छ । कङ्गना रनावतको मुख्य भूमिका रहने फिल्मको छायाङ्कन भने २०२०मा मात्रै हुनेछ । फरक फरक जनराको फिल्ममा फरक भूमिका गर्न रुचाउने कंगना यस फिल्मलाई लिएर उत्साहित छन् ।

अर्को वर्षको दिपावली रिलिज हुने फिल्मलाई रजनीश ‘राजी’ घईले निर्देशन गर्नेछन् । हाल कङ्गना अभिनीत फिल्म ‘जज मेन्टल हे क्या’ को ट्रेलर सार्वजनिक भएको छ जसमा राजकुमार राव को पनि अभिनय रहेको छ ।