मेषको ‘ढुकढुकी’ मा केकी र रिजनको माया

मेष बहादुर बस्नेतको म्युजिक भिडियो ‘ढुकढुकीमा तिमी छौ र पो माया’ सार्वजनिक भएको छ । भिडियोमा केकी अधिकारी, रिजन थापा र मेष बहादुर बस्नेत लगायतको अभिनय छ । यादवकुमार भट्टराईले निर्देशन गरेको उक्त भिडियोमा लोमस चापागाईं र मिलन भण्डारीले सह निर्देशन गरेका छन् । रुवरुपराज आचार्य र मेलिना राईको पहिलो संयुक्त गायन रहेको गीतमा मेष बस्नेतको शब्द रहेको छ । गीतमा आरपी लामिछानेले संगीत भरेका छन् । गीतमा रकेश ओलीको संगीत संयोजन र श्यामश्वेत रसाइलीको संगीत सम्पादन रहेको छ । मदन काश्यप घिमिरेलेको छायाङ्कन रहेको भिडियोमा उज्वल ढकालले सम्पादन गरेका छन् ।