के छोरीलाई खेलाउन फिल्म बनाउदै हुन् दिलिप ?

दीलिप रायमाझीले फिल्म निर्माण गर्न लागेको सबैलाई थाहा छ । उनी आफैले कति पटक फिल्मको स्क्रिप्टको काम भइरहेको बताएका छन् ।

सोही टिममा रहेर उक्त फिल्म निर्देशन समेत गर्ने अर्का व्यक्ति हुन् राजाराम पौडेल । उनले एक अन्तरबार्ताको क्रममा नयाँ कलाकारलाई आफ्नो फिल्ममा स्थान दिने बताएका छन् ।

यता भुवन केसीका छोरा अनमोल युवा पुस्तामा लोकप्रिय छन् । उनैसंग झरना थापाकी छोरी सुहानाले समेत फिल्म क्षेत्र प्रवेसको तयारी गरेकी छन् ।

बिगतमा फिल्म क्षेत्रमा राज गरेका भुवन, झरना लगायतले आफ्ना सन्तानलाई आफ्नै पथमा हिडाएको देख्दा दिलिपमा समेत सन्तानलाइ इन्डस्ट्री भित्र्याउने मोह पलाएको हुन सक्छ । उनकी छोरीको उमेर हिरोइन बन्ने पनि भइसकेको छ ।

के ‘मुखला हान्नु जस्तो’ ले भनेको नयाँ कलाकारमा रायामाजीकी छोरी पार्छिन् होला त ? फिल्मको औपचारिक घोषणा हुने समय सम्म कुर्ने पर्ने भयो !