छपक्कै छोपिएका निर्देशक लामा

फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनको क्रममा रहेको छ । फिल्मको पोस्ट प्रोडक्सनको काम नसकिएको भन्दै फिल्मको प्रदर्शन मिति दशैंको टिका पछाडी सारेर असोज २४गते पुर्याइएको छ ।

छायांकनको समयमा निर्देशक दिपेन्द्र लामा भन्दा बढी सल्लाहकार दिपा श्री निरौलाले निर्देशन गर्दै गरेको तस्विरहरु सार्वजनिक भएका थिए ।  त्यो त सुरुवात मात्रै रहेछ, पोष्टरमा उनी सानो अक्षरमा कुनामा अटाए साथै निर्माता पनि ।  त्यो पछी फेसबुकमा फ्रेम बनाएको छ निर्माण टिमले ।  त्यहाँ पनि छपक्कै छोपिए दुवै जाना ।

हुन त दिपक दिपा टिमको लगानी त फिल्ममा रहेको छ जसरि भए पनि । तर क्यास निकालेर फिल्म बनाउने रोहित अधिकारीको योगदान पनि पक्कै कम छैन । सिर्जनशीलताको कुरा गर्दा पनि बढी खटिनु पर्ने र मेहेनत लाग्ने त निर्देशकको नै रहन्छ ।  तर दिपक-दिपाले सबैलाई छपक्कै छोपीदिए ।