‘रामायण’ कि सीता भन्छिन् – “लक्ष्मण रेखा पार नगरौं”

भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले मंगलबार देशको नाममा सम्बोधन गर्दै लकडाउन मे ३ सम्म लम्ब्याउने फैसला सुनाए । उनको यो घोषणा पछि थुप्रै बलिउडकर्मीहरुले उनको समर्थन गरेका छन् । ‘रामायण’ टेलीसिरियलकी ‘सीता’ दिपिका चिखलियाले पनि मोदीको समर्थन गर्दै इन्स्टाग्राममा एक भिडियो पोष्ट गरेकी छिन् । उनले इन्स्टाग्राममा अहिले अग्नि परीक्षाको समय भएको भन्दै लक्ष्मण रेखा पार नगरौं भनेर लेखेकी छिन् ।

त्यस्तै भिडियोमा उनले भनेकी छिन् – “हामी जरुरि काम बिना बाहिर निस्किनु बन्द गर्नुपर्छ । हामीले आफ्नो, आफ्नो परिवारको र देशको सुरक्षाबारे सोच्नु पर्छ । यदि तपाईंहरु बिना कारण बाहिर निस्कन बन्द गर्नुभयो भने कोरोना भाइरस छिट्टै नियन्त्रणमा आउनेछ । यो चिन्ताको बिषय हो कि कोरोना भाइरस सोचे जति नियन्त्रण आएको छैन । तर अन्य देश भन्दा भारतको अवस्था राम्रो नै छ ।” उनले प्रधानमन्त्रि मोदीले पालना गर्न आग्रह गरेका ७ गाइडलाइन्सको पालना गर्न पनि सबैलाई अनुरोध गरेकी छिन् ।

दीपिका चिखलियाले बलिउडमा केहि फिल्महरु पनि खेलेकी छिन् तर रामानन्द सागरको ‘रामायण’ मा उनको भूमिकाले गर्दा उनलाई घर घरमा ‘सीता’ को रुपमा चिनिन्छ ।