क्याप्टेन निर्देशक भट्टराईलाई केही प्रश्न !

फिल्म क्याप्टेन यहि फागुन १७ बाट नेपाल भर प्रदर्शनमा आएको छ ।  अनमोल केसी अभिनित फिल्मसंग जुध्न आएको भनेर फिल्म ब्रेकअपले पनि राम्रै चर्चा पायो ।  ऐश्वर्य निर्देशक दिवाकर भट्टराईले क्याप्टेन निर्देशन गरेका हुन् भने अनमोल केसीलाई फिल्म क्षेत्रमा डेब्यु गराउने निर्देशक हेमराज बिसीको निर्देशनमा फिल्म द ब्रेकअप बनेको छ ।  दुई फिल्मबीच ठुलै प्रतिष्पर्धा होला भनेर अनुमान गरिएको थियो तर अनुमानलाई गलत सावित गर्दै फिल्म निर्माण टिम आफै भित्र नै असन्तुस्टी रहेको बाहिरिन थालेको छ ।

क्याप्टेन फिल्मलाई लिएर समिक्षकको असन्तुस्टी फिल्म समिक्षाको शिर्षकले नै पुष्टी गरेकोको छ ।  ‘खिर बनाउन खोज्दा खिचडी क्याप्टेन’, ‘कच्चा क्याप्टेन’ लगायत शिर्षकले फिल्म समिक्षकको नजरमा असफल भएको देखिन्छ । पोष्टर सार्वजनिक भएसंगै विवादमा आएको फिल्म क्याप्टेनका कोच प्रसान्तको पहिरन र अनमोल केसी उर्फ निशान खड्काको गोल हान्ने तरिकाले नेपाली ट्रोल मेकरलाई मसला दिएकै हो ।  प्रत्येक फिल्ममा नयाँ हिरोइनसंग रोमान्सको कारण अनमोलले नै दोहोरिन असुरक्षित महसुस गरेको गाइगुइ समेत नचलेको हैन ।  यहि कुरालाई बल पुर्याउने र फिल्म आफैमा सफल नरहेको जनाउने बिचार फिल्मकै एक जिम्मेवार व्यक्ति फिल्म निर्देशक दिवाकर भट्टराईले गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्ट्याटस एक पोस्ट गरेका छन् ।

बर्ष कै ठुलो प्रतिष्पर्धा हुने भनेर नेपाली फिल्मी वृत्तमा फिल्म क्याप्टेन र द ब्रेकअप बीच धेरै अगाडीबाट चर्चा चल्ने गरेको थियो ।  तर फिल्म भित्रै पो प्रतिष्पर्धा रहेछ त्यो पनि निर्माणको सुरुवाती चरण बाटै ।  यो बिषय हामीले भनेको हैन निर्देशक भट्टराई आफैले उल्लेख गरेका छन् ।  समिक्षकलाई मनपर्ने फिल्म बनाउदा दर्शकलाई मन नपर्ने भएका कारण समिक्षात्मक रुपमा भन्दा ब्यवसायीक फिल्म बनाउने उनको टिमको निर्णय थियो रे ! तर यहाँ प्रश्न उठ्छ, ‘के समिक्षकको सकारात्मक प्रतिक्रियाका बीच फिल्म ब्यवासायीक रुपमा सफल बन्न सक्दैन ?’

निर्माण अरुको हुदा फिल्ममा आफुले चाहे अनुसार काम गर्न नसकेको उनले उल्लेख गरेका छन् ।  उनले निर्देशन गरेको फिल्म ऐश्वर्य त सफल नै भएको थियो दुवै रुपमा ।  जहाँ उनको लगानी पनि थिएन ।  आफ्नो कुरा आफैले विवादित पारेको जस्तो भएन र निर्देशक ज्यु ?

फिल्म बनुन्जेल र प्रदर्शनमा आउदासम्म नदेखिएको विवाद समिक्षकको नकारात्मक विश्लेषणसंगै बाहिर निकाल्नुले आफुलाइ पानी माथिको ओभानो देखाउने असफल प्रयासको रुपमा पनि लिन सक्छन नि दर्शक समिक्षकले ।  यस बिषय मा के भन्नु हुन्छ ?  आफुले काम गरेको फिल्मलाई आर्ट फिल्म नबनाउने ब्यानर भनेर होच्याउनु कति जायज कति नाजायज ? आफै अनुमान गर्नुहोला ।

‘तपाइँको सोच तपाइको कलम लाहछाप’ भनेर फेरी एक पटक उनले पत्रकार समिक्षक प्रति प्रहार गरेका छन् । बिगतलाई नियाल्दा पनि उनले ठाडै अस्विकार गरेको नायिका दीपिका प्रसाईंसंगको सम्बन्ध अन्तत स्वीकार्न परेको थियो । त्यस क्रममा समेत उनले पत्रकार माथि औला उठेका थिए ।  इतिहास दोहोरिएको भान भयो यहाँ आएर ।

उनले उल्लेख गरेका छन्, प्राबिधिक कुरामा कमजोरी भएको छ भनेर ।  कमजोरी स्विकार्नु सर्हानिय छ ।  तर निर्माता भुवन केसीले निर्माणमा कुनै कसर नछोडीएको भनेर पटक पटक भन्दै आएका छन् ।  दर्शकले निर्देशकको कुरा सुन्ने कि निर्माताको ? आफ्नै टिममा त एकरुपता छैन भने यसको म्यासेज दर्शकमा कसरी जाला ?

अन्तिम प्रश्न, ‘फिल्म दर्शकका लागि कि समिक्षकका लागि ?’ उनको कुरा हेर्ने हो भने फिल्म दर्शकका लागि हो ।  तर फेरी यो स्पस्टिकरण चै के र कसका लागि आएको होला त ? बोल्दा बिचार पुर्याउने बेला पो भएको हो कि ?

निर्देशक भट्टराईको फेसबुक पोष्ट : 
Captain – एउटा idea मात्र थियो अनमोल केसी ले फूटबल मा काम गरौ भनेपछि सामिप्य जि सङग भएको नेपाल ले भारत लाई हराउने यहि idea बाट शुरूवात भयो फूटबल मा फिल्म बनाउने कार्यको थालनी जस्को नामाकरण प्रज्ञान थापा ले गर्नु भएको थियो story को सुरुवात संगै लेखन कार्यको बिभिन्न चरण मा धेरै लेखक तथा advisor संग बसियो लेखन प्रकृया देखिनै दुईवटा कुरामा हामी बिच छलफल थियो समिक्ष्यात्मक हिसाबले चलचित्र बनाउने या ब्यबसायिकता लाई बढी ध्यानमा राखेर बनाउने यो बिचमा म पहिले बाटनै पिल्सिएको थिय अन्ततः हामी सबै व्यावसायिक चलचित्र बनाउने कुरमा सहमत नै भयौ किनकी 4/5जना समिक्ष्यक लाई focus गरेर film बनाउदा बाकी 80%audience लाई मन नपर्ने reality हामी सबैले भोगेको देखेको ले हामी बाकी 80%लाई मन पर्ने formula लाई नै आत्मसाथ गरेकै हो जुन कुरमा हामी सफल छौ भन्ने लाग्छ र समिक्षक साथिहरुको समिक्षा प्रती मेरो कुनै बिमत्ती छैन किनकी तपाईं हरु दिमागमा एउटा छुट्टै Captain को कथा लिएर जानुभएको छ जुन कथा हाम्रो captain मा पाउनु हुन्न यस्को लागि sorry जुन दिन म आफू निर्माता भएर आफ्नु पैसामा फिल्म बनाउछु त्यो दिन सयाद एउटा समिक्ष्यात्मक हिसाबले अब्बल एउटा फिल्म बनाउने छु अहिले अरुको पैसामा तेस्तो फिल्म बनाउने सहास गर्न मलाई अनुमती छैन झन captain मा त आफै बुझ्न सक्नु हुन्छ कजल फिल्म्स कुनै art movie बनाउने banner हैन ।हो चलचित्र को canvas धेरै नै ठुलो भएकोले हामी प्राबिधिक रुपमा धेरै ठाउमा चुकेका छौ त्यो कतिपय हाम्रो बाध्यता पनि थियो त कति पय समान्य ठाउमा पनि जुन हाम्रो बिडम्बना दुबै कमजोरिप्रती क्षमा चाहन्छौ मलाई लाग्छ सबैले चाहेको नेपाली फिल्म को बिकास नै हो हामी व्यावसायिक फिल्म maker सकेसम्म आफू बाचेर अरुलाइ पनि बचाउदै फिल्म को बिकास र बिस्तार गर्दै छौ जुन हाम्रो बाध्यता हो यस्लाइ पनि मध्यनजर गर्दै आफ्नो आग्रह या पुर्वाग्रह बिनाको समीक्षा आउदा हाम्रो दुबै को गन्तब्य सहि हुन्छ जस्तो लाग्छ बाकी तपाईको सोच तपाईंको कलम लाहछाप! आफ्नो page जिन्दावाद ! #jayanepalifilm