फिल्म ‘डोली’को पहिलो गीत ‘झ्यानाकुटी झ्याई’ सार्वजानिक

फिल्म ‘डोली’को पहिलो गित ‘झ्यानाकुटी झ्याई’ सार्वजानिक भएको छ । गितमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, प्रिया रिजाल, सानिया खान तथा संगिता नापित लगायतका कलाकारहरु फिचर्ड छन् । सार्वजानिक गितमा हरि उप्रेतीको शब्द, सि.डि बिजय अधिकारीको संगित तथा अधिकारीसँगै मेलिना राईको स्वर रहेको छ भने भिडियोमा कोरियोग्राफी श्री कृष्ण परियारको रहेको छ ।

मंसिर २८ गते देखी प्रदर्शनमा आउन लागेको ‘डोली’ समसामयिक बिषय बस्तुलाई उठाएर निर्माण गरिएको छ । फिल्ममा राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको छ । किरण नेपालीको प्रस्तुती रहेको फिल्ममा अर्जुन गुरुङ, नविन रेग्मी, हिमवाला गौतम, दामोदर खतिवडा, प्रशान्त भण्डारी, सतिश खत्रि लागयतको समेत अभिनय रहेको छ ।