चिन्नुहुन्छ, यो फेस

मोबाइलको जमाना छ । इन्टरनेटमा आउने एपहरुको जमाना छ । एपमा रमाउने यूवा वर्गको जमाना छ ।

फेसबुक, इन्स्टाग्राममा रमाउने यूवाको जमानामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अछुतो छैनन् । साम्राज्ञी इन्स्टामा सक्रिय छिन् ।

साम्राज्ञीलाई इन्स्टामा फोटो नराख भनेर फिल्मका निर्माताले भन्न सक्दैनन् । साम्राज्ञीको मर्जी जे मर्जी ।

एपको जमानामा साम्राज्ञी पनि रमाएकी छिन् । अहिले एउटा एप चलेको छ । एपले अहिले खिचेको फोटोमा बच्चाको फेस बनाइदिन्छ ।

साम्राज्ञीलाई यो एपले लोभ्याएको छ । बलिउड तिरका कलाकारहरु पनि यो एपमा रमाएका छन् । साम्राज्ञीले रातो टिका निधारमाको सेटमा फोटो खिचिन् । फोटोलाई उनले एपको माध्यमबाट बच्चाको फेस बनाएकी छिन् ।

साम्राज्ञी एपको साहारामा बच्चामा क्यूट देखिएकी छिन् । यो फोटो हेरेर अड्कल लगाउनुभयो तपाइले, यी साम्राज्ञी नै हुन् भनेर ?