आयुष्मान खुराना अभिनित ‘ड्रिम गर्ल’ ट्रेलर

आयुष्मान खुराना अभिनित फिल्म ड्रिम गर्ल को ट्रेलर सार्वजनिक भएको छ । केटीको आवाज निकाल्न सक्ने विशेषता कै कारण उनी अप्ठ्यारोमा परेको ट्रेलरमा देखिन्छ । फिल्ममा उनीसंगै नुश्रत भरुचा, अन्नु कपुर, विजय राज, अभिशेख बंजारे, मंजोत सिंह, निधि बिष्ट, राजेश शर्मा, राज भन्साली लगायतको अभिनय रहेको छ । एकता कपुर र शोभा कपुरको बालाजी टेलिफिल्मस्को ब्यानरमा निर्माण भएको ‘ड्रिम गर्ल’ सेप्टेम्बर१३बाट प्रदर्शनमा आउदै छ । लेखन तथा निर्देशन राज सान्डील्यको रहेको छ।