अनुपले गरे ‘दुल्ला’ को ओपनिङ

अभिनेता अनुपबिक्रम शाहीले रिबन काट्दै पोखराको न्युरोड साइड चिप्लेढुङ्गामा ‘दुल्ला अफिसियल’को नयाँ आउटलेटको ओपनिङ गरेका छन् । कार्यक्रममा बोल्दै अनुपले नेपाली ब्राण्डलाई प्रवर्धन गर्न पाउनु गर्वको कुरा रहेको बताए ।

काठमाडौंपछि ‘दुल्ला’ले चितवन र धरान शहरमा आफुलाई प्रस्तुत गरिसक्दा पाएको सफलताले पोखरामा आउटलेट राख्न सफल रह्यो । ‘दुल्ला’ले देशभरका मुख्य मानिने सबै शहरका ग्राहकहरुमाझ आफ्नो ब्राण्डलाई उपलब्ध गराउने लक्ष्य लिएको छ । २०१५ मा जुत्ता-चप्पलबाट सुरु गरेको विजनेस यतिबेला महिला र पुरुष दुबैको लागी ‘बेल्ट’, ‘वालेट’ र ब्यागसम्म आइपुगेको छ ।