शिल्पा पोखरेल अभिनित ‘दुनुमुनु दुनुमुनु’ (भिडियो)

तारा प्रकाश लिम्बु र कविता शिवाकोटीको ‘दुनुमुनु दुनुमुनु’  बोलको गीत सार्वजनिक भएको छ । आसुतोष भारद्वाजको शब्द रहेको उक्त गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ भने शाहस शाक्यको एरेंज रहेको छ । नायिका शिल्पा पोखरेल र सुरज श्रेष्ठको अभिनय रहेको उक्त गीतको भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँकन गरेका हुन् । शिल्पा पोखरेल र सुरज श्रेष्ठलाई एक माय गर्ने जोडीको रुपमा प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा उनीहरुलाई निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । निश्चल केसीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । गीतको भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ ।