स्वदेश र विदेशको सबै कार्यक्रम रद्द गरेर घरमा बसेको छु-गायक दुर्गेश थापा

गायक दुर्गेश थापा लकडाउनको समयमा बागलुङ गलकोटस्थित आफ्नो घरमा परिवारसँग बिताइरहेका छन्। लकडाउन अगाडि इराकमा सांगितिक कार्यक्रम गरेर फर्किएपछि उनी फेरि कार्यक्रम लिएर विदेश जान भने पाएनन्।

सरकारले लकडाउनको घोषणा गरेपछि गायक दुर्गेशको गीत निकाल्ने र देशभरको सांगितिक कार्यक्रम नै सरेको छ। उनले मेरोफिल्मसँग कुरा गर्दै भने, ‘ म पछिल्लो प६क इराकबाट फर्किएपछि सब कार्यक्रमहरु एकाएक स्थगित गर्नु पर्यो। किनकी सरकारले लकडाउन गरेपछि रेकर्डिङ, सुटिङ र महोत्सवको कार्यक्रमहरु स्थगित गर्नुपर्यो।’

उनले चितवन, नेपालगञ्ज, धनगढी र पूर्वका जिल्लाहरुमा तय भएको कार्यक्रम रद्द गरेर अहिले बुवाआमासँग बसिरहेको बताए। उनले भने, ‘ म हाल घरमै बुवाममीसँग बिताइरहेको छ। पहिला घर आउँदा पनि बीच बीचमा कार्यक्रम छ भन्दै जानुपर्थ्यो। अहिले बल्ल ढुक्कसँग परिवारसँग बस्ने मौका पाएको छु।’

घरमा उनी फिल्म र किताबहरु पढ्ने गरेको बताए। आफ्नो गीतहरु सुन्दै अनि परिवारलाई सुनाउँदै रमाइरहेको गरिहरेको उनले बताए।