सोनम थापाको ‘एकलव्य’ ट्रेलर सार्वजनिक

सामाजिक समस्याहरूलाई विषयवस्तु बनाएर निर्माण गरिएको फिल्म ‘एकलव्य’को ट्रेलर सार्वजनिक भएको छ । अनमोल शर्माको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा मुख्य कलाकार सोनाम थापा मगर र पुष्कर राउतलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । फिल्ममा सोनाम थापा मगर र ओसिन भट्टराईका अलावा महिमा सिलवाल, पुष्कर राउत, सुशील पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनलगायत कलाकारको अभिनय रहेको छ । भोजराज देवकोटाको पटकथा तथा संवाद, कृष्ण श्रेष्ठको छायाङ्कन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी भएको चलचित्रमा राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगरले संयुक्त रूपमा लगानी गरेका छन् । फिल्म साउन १०बाट प्रदर्शनमा आउने छ ।