फिल्म इन्काउन्टरको ‘बारुली बारुली’ सार्वजनिक

चैत १४बाट प्रदर्शनमा आउने फिल्म इन्काउन्टरको गीत ‘बारुली बारुली’ सार्वजनिक भएको छ । मीना निरौलाको आवाज, नारायण नेपालको शब्द, सुर्य कमल राइको संगीत तथा संजय हमालको संगीत संयोजन गीतमा रहेको छ । साइमन राजबंसीको कोरियोग्राफी रहेको गीतमा सबिता रेग्मी, दिनेश डिसी, सबिन श्रेष्ठ र छुल्ठीम गुरुङ फिचर्ड छन्।

युजेश फिल्म्सको प्रस्तुतिमा फिल्म नरेन्द्र भट्टराईले निर्माण गरेका हुन्। फिल्ममा कुमार ओझा, दिनेश खड्का, कवि भक्त छेत्री लगायतको लगानी रहेको छ । दिनेश, छुल्ठिम, सबिनको साथमा दिनेश कदका, बिएस राणा, फुर्वा दोर्जे तामांग, सावित्रा थिंग लगायतको अभिनय फिल्ममा रहेको छ । फिल्ममा अर्जुन, सुमन र आरोनको छयांकन, समिरको भीएफएक्स रहेको छ भने लेखन तथा निर्देशन नरेन्द्र भट्टराईको रहेको छ।