‘फेसन एण्ड मोडल अवार्ड २०१९’ सम्पन्न

राजधानीमा फेसन एण्ड मोडल अवार्ड २०१९मा विभिन्न ५४ वटा विधामा पुरस्कार प्रदान गरेर भव्यताका साथ सम्पन्न गरिएको छ । अवार्ड कार्यक्रममा फेसन कोरियोग्राफर विधातर्फ आफ्नो क्षेत्रमा दुई दशकको यात्रा तय गरेका कोरियोग्राफरद्वय रोजिन शाक्य र जयन सुब्बा मानन्धरले लिजेन्ड्री कोरियोग्राफरको अवार्ड उचाल्न सफल भएका छन् । कोरियोग्राफरकै विधामा अनिश महर्जन र हिमानी सुब्बाले वेष्ट कोरियोग्राफरको अवार्ड जित्न सफल भए ।

मोडल विधातर्फ दिक्पालले कार्कीले पपुलर इन्टरनेसनल नेपाली मोडलको अवार्ड जिते भने रुबिस्का श्रेष्ठ र शेराप ग्याल्सेनले वेष्ट मोडलको अवार्ड हात पार्न सफल भए । मोडल विधामै कला सुब्बालाई लेजेन्ड्रि मोडलको अवार्ड प्रदान गरिएको थियो । फेसन डिजाइनर विधातर्फ रविन क्रिएसनका रबिन परियार तथा वाउ फेसन बुटिककी पुष्पा राई चालिसेले बेस्ट फेसन डिजाइनरको अवार्ड प्राप्त गरे ड्रिम वेयर फेसनका मञ्जु बन्जारा ढकालले फेसन डिजाइनर अफ द डिकेडको अवार्ड जितिन् ।

पेजेन्ट नेपाल ईन्टरनेशनलले आयोजना गरेको ‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ मा मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई पपुलर पिजेन्ट टाइटल विनरको अवार्ड जितिन् भने पूर्व मिस नेपाल २००० उषा खड्गीले एभरग्रिन एण्ड पपुलर मिस नेपालको अवार्ड जित्न सफल भइन् । अभिनेत्री करिश्मा मानन्धरलाई कार्यक्रममा अल टाइम फेसन डिभाको अवार्ड प्रदान गरिएको थियो । अवार्ड अन्तर्गतको अर्गनाइजर विधातर्फ मिस नेपालको आयोजक संस्था हिटन टे«जरका गोपाल सुन्दर लाल कक्षपतीले बेस्ट मिस पेजेन्ट अर्गनाइजरको अवार्ड जित्न सफल भए । यही विधामा बेस्ट मिस्टर पेजेन्ट अर्गनाइजरको अवार्ड मिस्टर नेपालका आयोजक एक्सपोज नेपालकी अर्चना बस्नेतले जितिन् । बेस्ट कम्युनिटी बेस्ड पेजेन्ट अर्गनाइजरको अवार्ड पेज थ्रि हुट कुचरका रेखा मोदी मित्रुकाले जितिन् । बेस्ट किड्स पेजेन्ट अर्गनाइजरको अवार्ड इनोभेसन इभेन्ट्स म्यानेज्मेन्टका महेश केसीले जितेका थिए ।

कार्यक्रममा कमल खतिवडाले बेस्ट इभेन्ट डाइरेक्टरको अवार्ड जिते भने जोर्डन राजभण्डारीले बेस्ट इभेन्ट मेनेजरको अवार्ड । यसैगरी वेष्ट फेसन जर्नालिष्टको अवार्डमा कृष्ण भट्टराईको नाम दर्ता भयो भने वेष्ट पेजेन्ट एमसीको अवार्ड रोजिन शाक्यले हात पार्न सफल भए । कार्यक्रममा वेष्ट किड्स, टिन मोडल,  मेकअप आर्टिष्ट, हेयर स्टाइलिष्ट देखि मोफसलका पेजेन्ट आयोजक, कोरियोग्राफर, पेजेन्ट विजेता लगायतका विधामा पनि अवार्ड प्रदान गरिएको थियो ।