लिपुलेक कालापानीको बिषयमा कलाकर्मीका कुरा

भारतको नयाँ राजनैतिक नक्सामा नेपाली भुमि कालापानी र लिपूलेक समावेस भएको छ । उक्त बिषय बाहिर आए संगै विभिन्न स्तरमा रहेर भारतको बिरोध भैरहेको छ । ब्याक अफ इन्डिया भन्दै सामाजिक संजालमा बिरोध अभियान नै चलाईएको छ । सडकमा उत्रेर बिरोध गर्ने क्रम पनि बढ्दै गएको छ । यस बिषयमा मेरो फिल्मसंग कुराकानी गर्दै नेपाली फिल्मकर्मीले केहि बिचार ब्यक्त गरेका छन् । उनीहरुको समग्र बिचार सडक तताउनु भन्दा पनि सम्बन्धित निकायले कुटनैतिक पहल अगाडी बढाउनु पर्ने रहेको छ ।

फिल्मकर्मी नवल नेपाल
महाकालीको उद्गम स्थल लिम्पियाधुरा पुर्व पुर्खाको ठुलो त्याग र बलिदान पछी प्राचिन सभ्यतामा निर्मित हाम्रो नेपाल । यसका केहि भूभाग बेला बखतमा छिमेकी  राष्ट्रका कारण पिडित भएको हामीले भोग्दै र सुन्दै आएका छौ । हाम्रो देशको अस्मिता माथि आँखा लगाउनु हामी नेपाली जो कोहिलाइ पनि सह्य छैन । बर्षौ देखि विवादित देशका ति भूभागहरु लाई फिर्ता लिने र राष्ट्रको स्वाधिनत अखण्डतालाई अझ बलियो बनाउने यो उपर्युक्त समय हो । देश प्रतिको अघात प्रेमको यो भावनालाइ समाधान गरि सिंगो नेपालको संरक्षण गर्नु राष्ट्रका उपल्लो तहका कार्यकारीहरुलाई यो एउटा राम्रो अवसर पनि हो । जसमा हामी सारा नेपालीले साथ दिनु पर्छ र दिएका छौ । संगसंगै हामीसंग जोडिएका छिमेकी राष्ट्रहरुसंग सुमधुर सम्बन्ध बनाउनु, बलियो सम्बन्ध बनाउनु हाम्रो दाइत्व हो । हामीसंग विवादमा रहेका भनौ या कुनै न कुनै रुपमा छिमेकी राष्ट्रहरुले आफ्नो भूभाग भनि तोकेका ति स्थानहरुको समाधान गर्नु हामी सबैको दाइत्व पनि हो । अझ राष्ट्र हाक्ने ती राष्ट्र प्रमुखको दाइत्व हो । हाम्रो साथ त छदै छ । यो विवादित बिषयलाई र बर्षौ देखि चलिआएका बाकि विवादित बिषयलाई पनि सहि ढंगले दुइ पक्षीय रुपमा टुंग्याउनु राम्रो हुन्छ ।

निर्देशक दिपेन्द्र के खनाल
सडक तातेको छ सामाजिक संजालमा बिरोध एक ठाउमा छ । सबै नेपालीलाई एउटा सेन्टिमेन्ट र झक्झक्याउने बिषय पनि हो । तर सडकमा कराएर हुदैन । सरकार सरकार बीच कुटनीतिक रुपमा हुन पर्ने बिषय हो । मुख्य बिषय सरकारले चासो लिएर गर्न जरुरि छ । नरेन्द्र मोदी नेपाल आउदा ताम झाम हुन्छ । अहिले नेपालको नेताले फोन गरेरै भए पनि भन्नसक्नु पर्छ नेपालमा यस्तो समस्या भएको छ भनेर । दुवै देशमा समस्या आएको छ समाधान गरौ भन्न सक्नु पर्छा । यो सरकारी समस्या हो सरकार ले नै समाधान गर्ने हो । कमजोर भएको कारण नेपाललाई भारतले हेप्नु सामान्य प्रक्रिया हो । अहिले समस्या आउदा भन्दा पनि एकै पटकमा समाधान हुन अप्र्यो । तारबार लगाएर हुन्छ कि पर्खाल लगाएर हुन्छ समाधान गर्नु पर्यो दिर्घकालिन रुपमा ।


कलाकार रीचा शर्मा
यो कुनै एक देशले अर्को देशबाट नेता कम्जोर भएको कारण फाइदा नै उठाएको हो झैँ लाग्छ मलाई पहिलाको नाकाबन्दीबाट नै हेपाइ सुरु भएको हो । भारतले मात्रै नभएर छिन्ले समेत नेपालको जमिन हडप्ने कुराहरु समेत आइरहेको छ । यो सब सरकार अस्थिर र कम्जोर भएको कारणले नै हो । लिपूलेक र कालापानी त उधाहरण मात्रै हुन् । यसरि हडपिएको भूभाग अरु पनि धेरै छन् । हामीले भने बिरोध गर्ने मात्रै हो । जे गर्नु पर्छा शक्तिमा बहेको जिम्मेवार मान्छे ले नै गर्ने हो । यदि साचै नै नेपालि भूभाग भारतको नक्सामा परेको हो भने हामीले बिरोध गर्न पर्छ । तर मिख्य त अहिले को सरकारले गर्नु अप्रने हो । बार्ता गर्नु पर्ने हो नाकाबन्दीमा नझुकेका प्रधानमन्त्री केपी ओलीले त्यसरी नै अडानलिएर समस्या समाधान गर्नु पर्छ । जनता सधै साथ् मै छौं । छिन्को रास्ट्रपति आउना साथ् भारतको यो कदमले भारतलाई केहि चित्त नबुझेर पो गरेको हो कि ? के को कारण गर्यो पट्ट लगाएर पहल अगाडी बढाउने हो । त्यसैले सामाजिक संजालमा बिरोध भन्दा पनि सरकारले केहि कदम चाल्न सके सरकारको पछाडी बसेर जनताको पावर देखाउन सकिन्थ्यो । हामी सबै एकताबद्ध छौ भन्ने प्रमाण हामी पेश गर्न तयार छौ ।


कलाकार दीपक राज गिरी
भारतलाइ मुर्दाबाद भनेर यो समस्या समाधान हुदैन । अझ बढी दबौदै जान्छ । अहिले नै अन्तर्राष्ट्रिय करन गरिहाल्ने समय पनि आएको छैन ।छिमेकी संग नै हो सिमानाको विवाद हुने । हाम्रा सबुत प्रमाण सहित उछा स्तरीय बार्ताटोलि गठन गरेर बार्तामा बस्नु नै श्रेयस्कर हुन्छ । त्यति गर्दा पनि भएन भने आवाज उठाउन या अन्य काम गर्न सकिन्छ । हाम्रो परनिर्भरता धेरै भयो । लगाउने लुहा खाने कुरालगायतमा समेत अन्य देशमा निर्भर रहेको अवस्थामा हामी निरिह देखिन सक्छौ । त्यसैले लिपूलेकको बारे माइती घरमा गैर मात्रै हुदैन । नेपाली बस्तु उत्पादन र उपभोगमा जोड दिन जरुरिभैसकेको छ । आयात कम निर्यात बडाउन जरुरि छ । लिपूलेक हाम्रो, गौतम बुद्ध हाम्रो भनेर मात्रै चै अर्थ छैन ।

कलाकार जितु नेपाल
लिपुलेक फिर्ता गर्नु पर्छ । सर्वदलीय बैठक बसेको छ । एउटा व्यक्ति तपाइँ हामिले गरेर हुने बिषय होइन । यसको लागि कुटनीतिक पहल नै अगाडी बढाउन पर्छ । समग्र राज्य र नेताहरु अहिले एकजुट भएको अवस्थामा मन्त्रि स्तरीय, सचिव स्तरीय प्रधानमन्त्रि स्तरीय बार्ता हुन जरुरि छ भारत संग । जनताले आवाज दिने बिरोध गर्ने आवाज बुलन्द पार्ने आफ्नो ठाउमा छ । तर पहल राज्यबाट हान जरुरि छ । राज्यको समस्या बहेको कारण हिजोको सन्धि सम्झौताको आधारमा रहेर बार्ता गरेर, भारतको धारणा बुझेर अगाडी बढ्नु पर्छ ।


गायक शिव परियार
नेपालमा राजनीत गर्ने जुनसुकै तह जुनसुकै पार्टी र जुनसुकै वर्गको नेताहरुको अबिष्ट भनेको कसरि आफ्नो पार्टीलाई सत्तामा हावी राख्ने, त्यसको लागि खोला नाला नदि बेच्न नपरोस कि जमिन बेच्न परोस कि सत्ता टिकाउने पर्ने पदमा रहनै पर्ने कारणले यो समस्या आएको हो ।  जनताले देशलाइ माया गर्छन ।  तर जनताको हातमा केइ छैन ।  रास्ट्रीयता मागी खाने भाडो भयो ।  समग्रमा नेपाली जनता र नेपाली नेताको कम्जोर अवस्थाको कारण शक्ति प्रयोग गरि भारतले हेपेको हो । सामान्य जनता जस्तै म पनि के मान्छु भने शिव सुनार दाइले गाउनु भएको कालापानी लिपूलेक ‘मिचेको हो कि बेचेको हो’ भन्ने नै स्पस्ट छैन । जब सम्म यो बिषय स्पस्ट हुदैन तब सम्म हामीले केहि पनि भन्न मिल्दैन । मिचेको हो भन्ने उच्चतम कुटनैतिक टावरबाट समाधान हुन सक्ला तर बेचेको हो भने कसैको केहि लाग्दैन । स्तम्भ सार्ने नदीनाला बेच्ने र हामी नेपाली स्ट्याटस लेख्ने मात्रै रहन्छ ।

समाजसेवी तथा हास्यकलाकार सीताराम कट्टेल

सरकारले कुटनैतिक टावरबाट समाधान गर्ने बिषय हो । यो अहिले उठेको बिषय भन्दा पनि धेरै अगाडी बाट उठेको बिषय हो । लिपुलेक मात्रै नाबहेरा धेरै ठाउमा सिमा मिचिएको अवस्था छन् त्यसमा राज्यले कुटनीतिक टावरबाट सरकारले समस्या को समाधान गर्नु पर्छ हामी आम नागरिकको तर्फा बाट आवाज उठाउने बिषय छुट्टै पाटो भए पनि सरकारले नै ध्यान दिनु पर्छ ।