फिल्म ८३मा ‘कपिल देव’ रणवीर

रणवीर सिंहले फिल्म ‘८३’ को अर्को तस्विर सार्वजनिक गरेका छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर सामाजिक संजाल मार्फत लुक सार्वजनिक गरेका हुन् ।

फिल्ममा रणवीर, क्रिकेटर कपिल देवको भुमिकामा देखिदैछन् । रणवीरले तस्विर सार्वजनिक गर्दै लेखेका छन्, ‘मेरो विशेष दिनमा हरियाणाको हरिकेन कपिल देव उपस्थित छ ।’ यो फिल्ममा कपिल देवको पत्नीको भुमिकामा रणवीरकी रियल पत्नी दीपिका पादुकोण देखिदैछिन् । फिल्म ८३ हिन्दी, तमिल र तेलगु भाषामा निर्माण हुनेछ । फिल्म २०२० अप्रिल १० मा रिलिज हुँदैछ ।