‘बोबी २’मा उमेशको संघर्ष र सफलताको कथा

रियल स्टोरी बेस्ड नेपाली फिल्म बोबी को दोश्रो भाग बन्ने भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने गरी ‘बोबी २’को औपचारिक घोषणा गरिएको हो । बोबीको बाँकी कथाको रुपमा आउन लागेको फिल्ममा मिलन चाम्सकै निर्माण तथा निर्देशन रहने छ ।

बोबीको पहिलो भाग फिल्मकी नायिका नर्वेको एयरपोर्टमा पुगेर सकिएको थियो । त्यसपछिको घटनालाई निरन्तरता दिँदै उमेशको बाल्यकाल र नर्वे पुगेपछीका संघर्ष र सफलताको कथा बोबी २ मा देखाइनेछ । फिल्ममा स्क्रिप्ट नरेश भट्टराईको रहनेछ भने रियल पात्र उमेश थापा, कबिता गुरुङका साथमा उनीहरुका छोरा एलियास थापा र बोबीको पहिलो भागकै अधिकांश कलाकारको अभिनय रहने छ ।