फिल्म चल्नै पर्ने दवाबले स्टारहरुले कस्तो काम गर्लान् ?

फिल्म चल्नै पर्ने दबाबले स्टारहरुले कस्तो काम गर्लान् ? के अभिनेता अनमोल केसीको स्टार पावरले काम गर्ला ? के अभिनेता प्रदिप खड्का हलमा चल्लान् त ? के साम्राज्ञी राज्यलक्ष्मी शाहको क्रेज चम्किएला त ? फिल्म नै चल्नु अघि आउने यी प्रश्न । यी प्रश्नको चापले कलाकारको टाउको घुम्छ ।

नेपाली कलाकारले पैसोको बिटो पनि दह्रो समात्न थालेपछि उनीहरुलाई अहिले फिल्म चलाउन पर्ने दबाबको पहाड छ । अभिनेता पल शाह विर विक्रम २ रिलिज हुनु पूर्व नै यो दबाबले घुमिरहेका छन् । शत्रु गते फिल्म चलेपनि उनको कारणले चलेको होइन भनेर विश्लेषण भैसकको छ । एक बर्ष भन्दा पनि धेरै खाली समय बसेर आएका उनलाई विर विक्रम २ को व्यापार ठूलो आश छ । किनभने, पलको यो फिल्म चलिदिएन भने उनको स्टार शक्तिको बारेमा हुने टिप्पणी उनका लागि अर्को प्रेसर हो । अभिनेता पल शाह फिल्म चल्न भन्दा अघि यो दबाब भएको स्विकार पनि गर्छन् ।

अभिनेता अनमोल केसीलाई पनि फिल्म चल्न भन्दा अघि नै आउने फिल्म बोक्नैपर्ने दबाबले टेन्सन हुन्छ । अभिनेता अनमोल केसी कहिलेकाही त आफूहरुमाथि देखाइएको आशा र दबाब बोक्न गाह्रो हुने पनि बताइरहेका हुन्छन् । उनले समय भन्दा चाडो नै यो प्रेसर थुर्पिएको बताए ।

अभिनेता प्रदिप खड्कालाई पनि यही दबाब पुरा गर्न नसक्दा समस्या भयो । फिल्म त एउटा बर्षमा सय रिलिज भएका थिए । तर, फिल्म असफल हुदा भने केही अभिनेताको मात्र नाम आएको थियो । स्टार नचलेको बर्ष भन्दा सबै हिरोको नाम आएको थिएन । आएको थियो त थोरै मात्र को जसलाई फिल्म क्षेत्रले आशा गरेको भनेर चर्को रकम वुझाएको छ ।

तेसै गरी मारुनी फिल्म साम्राज्ञीकै कारणले चल्नैपर्छ भन्ने दबाब आउन थालेको छ । साम्राज्ञीकै नाममा निर्मात्री पुनम गौतम बढी आशा गर्छिन् । किनभने, फिल्ममा पुष्प खड्का छन् । पुष्पको भन्दा बढी भर साम्राज्ञीमाथि छ । फिल्म तयार भएको नै छैन । निर्देशक, सम्पादकले आफ्नो काम गर्न बाँकी नै छ । तर, पनि साम्राज्ञी यो भार बोक्नका लागि तयार हुनुपर्ने अवस्थामा छिन् ।

फिल्मको व्यापार कलाकारको नामले मात्र हुन्न । तर, फिल्मका लागि महंगो रकम लिएका कलाकारले फिल्म बोक्ने हिम्मत गर्नुपर्छ भन्ने वुझाई फराकिलो बन्न थालेको छ । यही भएर पनि कुनै कलाकारको फिल्म चलेन भने उसलाई असफल भन्न थालिन्छ । फिल्ममा उच्च पैसा लिने कलाकारले त्यो फिल्म चलाउने हिम्मत राख्नपनि आवश्यक छ ।

यसको एउटा सन्देश के हुन्छ भने कलाकारले पैसामा मात्र होइन, कथावस्तुमा पनि ध्यान दिन जरुरी छ । नेपालमा कम मात्र कलाकार छन्, जसको फिल्म चल्न भन्दा अघि नै उसको क्रेज, स्टारडम बिषयमा बहस हुन थाल्छ ।

फिल्म चलेन भने उसको क्यारिअर खत्तम नै भएको भान गर्न थालिन्छ । यो दबाबले गर्दा कलाकारले राम्रो काम गर्न सक्छन् या सक्दैनन् भन्ने पनि हुन्छ । कलाकारमाथि फिल्म चल्नैपर्ने दबाब मात्र थोपर्ने कि राम्रो फिल्म खेल्नुपर्ने दबाब दिने ?