बजेटमा फिल्म उद्योग

अर्थमन्त्रि युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ कोलागि १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । दुई महिना अघि राष्ट्रिय प्राथमिकताको उद्योगमा सुचिकृत गरिएता पनि फिल्म उद्योगको लागि बजेटमा रकम भने खुलाइएको छैन । तर बजेट मार्फत केहि प्राथमिकताका योजनाहरु भने सार्बजनिक गरिएको छ ।

यस आर्थिक वर्षमा प्रदेश सरकारको समन्वयमा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, भाषा र संस्कृतिको संरक्षण र सम्बर्धन गर्नेगरि फिल्म निर्माण गर्ने कार्यलाई प्रोत्साहित गरिने बताइएको छ । अर्थमन्त्रि खतिवडाले ‘छायांकनका लागि नेपाल’ अभियान कार्यान्वयन गरिने भन्दै प्रत्येक प्रदेशमा फिल्म छायांकन स्थल निर्माणको लागि आवश्यक बजेट बिनियोजन गरिएको बताए । नेपाली फिल्महरुको सुरक्षित भण्डारण गर्न विकास बोर्डको लागि बजेट बिनियोजन गरिएको छ भने चलचित्र कलाकार संघको भवन निर्माणको लागि पनि बजेट छुट्टाइएको बताइएको छ ।