चलचित्र पत्रकार संघले पत्रकारहरुलाई राहत दिने

चलचित्र पत्रकार संघ नेपालले लकडाउनबाट प्रभावित चलचित्र पत्रकारहरुलाई राहत प्रदान गर्ने निर्णय गरेको छ । संघमा आवद्ध पत्रकारहरुलाई राहत प्रदान गर्न लागिएको हो । चलचित्र पत्रकार संघ चलचित्र पत्रकारहरुको छाता संगठन हो ।

संघका महासचिव समीर बलामीले जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना भाइरस संक्रमणका कारण समस्यामा रहेका श्रमजीवी पत्रकारहरुलाई राहत वितरण गर्न लागिएको जानकारी दिईएको छ । सोमवार देखि खाद्य तथा स्वास्थ्य सामाग्री प्रदान गरिन लागेको बलामीले दिएका छन् । साथै विज्ञप्तिमा लकडाउनको समयमा घरमै बसेर आफु र अन्यको ज्यान जोगाउन अनुरोध पनि गरिएको छ ।