नेपाली फिल्ममा लगानी कतीसम्म गर्ने ?

छक्का पन्जा ले १६ करोड ग्रस कमाएको रेकर्ड छ । यो फिल्मलाई वितरण गरेका गोपाल कायस्थले दिएको जानकारी मान्दा, १६ करोड कमाएको फिल्मले ५ देखि ६ करोड फिल्म बनाउने व्यक्तिलाई फिर्ता गराउँछ ।

नेपाली फिल्ममा लगानी कतीसम्म गर्दा हुन्छ भनेर निर्माताले सोच्न थालेको पाइएको छ । किनभने, नेपालमा बनेका फिल्महरु बजेट धेरै भएकाले पनि हो, लगानी उठाउन असंभव भएको ।

ए मेरो हजुर ३ २०७५ सालमा कमाएको फिल्म बनेको छ । यो फिल्मले ८ करोड ग्रस कमाएको भनेर निर्माता सुनिल कुमार थापाले आँकडा सार्वजनिक गरेका छन् । ८ करोड कमाएको फिल्मबाट सुनिल कुमार थापाले ३ करोड ५० लाख जस्तै हात पार्न सक्छन् ।

लगानी २ करोड ५० लाख भन्दा माथि छ । थापाले दिएको आम्दानीको आँकडामा पनि उनलाई नेपालबाट ७५ देखि १ करोडसम्म फाइदा छ । यो धेरै कमाउँदा हो ।

निर्माता संघका महासचिव रोज राणाले दिएको जानकारी अनुसार, फिल्म बनाउन सकिदैन । फिल्म बनाउन नसक्नुको कारण चै, बजेट बढ्नु हो । बजेट कसरी बढेको छ भन्दा, कलाकारको पारिश्रमिक । प्राविधिक, किचेन आदिमा ।

अहिले नेपालमा जती नै बचाएर फिल्म बनाउँदा पनि १ करोड भन्दा कममा बन्दैन । राम्रो बजेटमा बनाउँदा २ करोड ठूलो रकम हुन छाडिसकेको छ । २ करोड लगानी नगरी फिल्म नै बन्दैन ।

२ करोड लागेको फिल्मलाई नेपालको बजारबाट सुरक्षित हुन पनि ६ करोड जस्तै व्यापार आवश्यक छ । एक बर्षमा ६ करोड ग्रस गरेका फिल्म पाउन धेरै छैनन् । आधा दर्जन फिल्मले पनि ६ करोडको ग्रस कलेक्शन गर्न मुश्किल नै पाइएको हो ।

नेपाली फिल्ममा विदेशको बजारलाई छाड्दा, डिजिटलाई छाड्दा लगानी उठाउन नेपालको बजार पर्याप्त हुन छाडिसक्यो । किनकी, बजेट हाई भयो ।

बजेट कम गर्न पनि गाह्रो भएको अवस्था छ । किनकी, सबै कुराबाट महंगो छ । निर्माता संघका महासचिवले प्राविधिकले सिफ्टमा काम गर्ने कुरा गरिरहँदा निर्माता झनै मर्कामा पर्ने बताइसकेका छन् ।

नेपालमा फिल्म बनाउने संख्या घट्नुको कारण पनि यही हो । अहिले फिल्म बनाउन महंगो पर्छ । तर, फिल्मको बजार छैन । नेपालको घरेलु बजारमा २ करोड रुपैयाँ उठाउने अवस्था छैन । किनकी, यति बजार नै छैन ।

छक्का पन्जा ३, ए मेरो हजुर ३ का निर्माताहरुले पाएको शेयर रकम हेरेर पनि यसलाई भन्न सकिन्छ ।

नेपाली फिल्ममा लागत बढाउँदा फिर्ता नहुने, कममा बनाउँदा नबन्ने अवस्था आएको छ । यसलाई समाधान गर्ने कसरी होला ?