फिल्मको प्रदर्शन मिती घोषणा , सूर्यवंशी र ८३ यसै साल चल्ने

बलिउडमा कोरोनाका कारण रोकिएका फिल्महरु प्रदर्शनको मिती तय गर्न थालेका छन् । अक्षय कुमार र कटरीना कैफ स्टारर फिल्म ‘सूर्यवंशी’ आउँदो दिपावलीमा रिलिज गर्ने घोषणा गरेका छन् । निर्देशक रोहित शेट्टीले फिल्म यसै बर्षको दिपावलीमा देशभर हलमा लाग्ने बताएका छन् । केहि समय अगाडी फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने हल्ला गरिएको थियो । त्यस्तै, रणवीर सिंह स्टारर फिल्म ‘८३’ को प्रदर्शन पनि यसै बर्ष प्रदर्शन हुने भएको छ । जुन आगामीे क्रिसमसमा रिलिज हुने जानकारी दिइएको छ ।

लकडाउन खुलेपछि प्रदर्शन मिती तोक्ने बलिउडका ‘सूर्यवंशी’ र ‘८३’ पहिलो फिल्म हुन् ।् जरोहित शेट्टीको ‘सूर्यवंशी’ मा अजय देवगन र रणवीर सिंहको अतिथी भूमिका छ । फिल्म ‘८३’ लाई फिल्मलाई कविर खानले निर्देशन गरेका हुन् भने रणवीर सिंह , दीपिका पादुको अभिनय देख्न सकिने छ ।