फिल्म बनाउनुअघि नै जुधाइको पिर ?

७५ सालमा फिल्म छक्का पन्जा ३ को छायांकनमा रहँदाखेरी दिपकराज गिरी, दीपाश्री निरौलालाई दशैंमा निर्देशक अशोक शर्मासँग जुधाइको राजनीति गर्नुछ भन्ने पिर थियो । फिल्म बनाइरहेको समयमा जुध्नु छ भनेर तयार हुनुपर्ने अवस्था नेपालमा बढी छ ।

निर्देशक सुरज सुब्बा नाल्बोलाई पनि हृदयभरीको छायांकन हुँदै गरिरहेको बेलामा भदौ २७गते जुध्नु छ भनेर पिर छ । भदौ २७ गते सम्हालिन्छ कहिले मन चलाउने हल्ला गरिएको पनि छ ।

यो बर्ष पनि ‘छ माया छपक्कै’ फिल्म बनाउनु अघि नै दिपकराज गिरी, रोहित अधिकारीलाई पनि फिल्म जुधाउनु छ भन्ने पिर छ ।

फिल्म बनाउन जानु भन्दा अघि नै फिल्ममा करोडौ लगानी गर्ने निर्मातालाई अर्को फिल्मसँग जुध्नु छ, राजनीति गर्नुछ भन्ने पिर पर्न थालेको पाइएको छ ।

फिल्म जुधाउनु छ भन्ने पिरमा फिल्ममा करोड लगानी गर्ने निर्माता नेपाल मै पाइन्छन् । बाहिरबाट आउने फिल्मले असर गर्छ भनेर तनाव लिन भन्दा पनि फिल्म बनाउने निर्मातालाई आफ्नै भाषामा बनेका फिल्महरुसँग जुध्नु छ भन्ने पिर सुरु भएको छ । यो पिरले निर्माताले कस्तो फिल्म बनाउन सक्लान् खै ?