Joy Ads

हलमा सन्नी भर्सेस जय किशन : कसले मार्ला बाजी

- मेराेफिल्म

आज भदौ २७गते हलमा दुइ नेपाली फिल्म लागेका छन् । प्रदर्शनमा आएका फिल्म ‘पासवार्ड’ र हिरो नम्बर वान’ बीच व्यवसायीक टकराव हुने भएको छ । साथै फिल्म मारुनी पनि तेश्रो हप्तामा चलिरहेको छ । केहि हप्ता अघि सम्म आजको दिनमा ४ देखि ७ वटा सम्म फिल्म प्रदर्शनमा आउने चर्चा भए पनि विभिन्न कारण देखाउदै फिल्महरुले प्रदर्शन मिति परिवर्तन गरेका थिए । यसको फाइदा यी दुई फिल्मलाई भएको छ ।

एक्सन थ्रिलर जनराको फिल्म ‘पासवर्ड’ मा अनुपबिक्रम शाहि, बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतको अभिनय रहेको छ । सौरभ लामाको छायाँकन रहेको फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । फिल्मको अधिकांस छायाँकन लण्डनमा गरिएको छ । फिल्म सम्राट बस्नेतको निर्देशनमा बनेको छ ।

जय किशन बस्नेतको निर्देशन रहेको फिल्म ‘हिरो नं. १’ पनि आजबाट प्रदर्शनमा आएको छ । जय किशन बस्नेत फिल्मस् प्रा।लि।को ब्यानरमा निर्माण भएको यस फिल्ममा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, लय संग्रौला, टार्जन लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द, बिनोद सापकोटाको छायाँकन र सुदिप पाण्डेको सम्पादन रहेको छ ।मदन ताम्राकार कार्यकारी निर्माता रहेको फिल्ममा बिक्रम माङ्मु र बिशाल गुप्ता सह-निर्माताको रुपमा रहेका छन् । फिल्म समसामयिक कथावस्तुमा आधारित रहेको छ ।

२०७६ भदौ २७ गते १३:०३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate