फ्राइडे रिलिज : माछा माछा र माया पिरिम

फ्राइडे रिलिज अन्तर्गत आज मङ्सिर २० गते २ नेपाली फिल्म प्रदर्शनमा आएका छन् : माछा माछा र माया पिरिम ।

‘माछा माछा’ मा विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । मणिराम पोखरेल कार्यकारी निर्माता रहेको फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् भने छायांकन शिवराम श्रेष्ठको रहेको छ । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मका सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की रहेका छन् । फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी रहेको छ ।

टेक पौरखी राईको निर्देशनमा बनेको फिल्मको कथा सबिन अधिकारीले लेखेका हुन् । प्रविन थापा र सबिन अधिकारीको निर्माणमा बनेको फिल्ममा सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्मातामा रहेका छन् । ‘माया पिरिम’ मा मोहन मरासैनी र युवराज दाहाल सह निर्मातामा रहेका छन् । फिल्ममा कोशिश क्षेत्रि,सलोन बस्नेत,किरण चन्द,अन्जली अधिकारी,अर्जुन गुरुङ,कालु राना,जयनन्द लामा,अरुणा कार्की,अनुपमा भण्डारी,विशाल पहाडी,टेक पौरखी राई,सागर बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । निरज कंडेलले छायांकन गरेको फिल्मलाई जीवन थापाले सम्पादन गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द, कोशिश क्षेत्रिको संगीत, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।