पुष्पलाई सात जुनीसम्म कुर्ने रेश्मा (भिडियो)

जोडी छुटे पनिदैवले एक साथ बस्न नदिए पनि याद कसरी मेटिन्छ र ? माया त माया हो  । गुमाएर पनि आफु भित्र समाहित गर्न सक्ने हिम्मत जो कोहिमा हुदैन  । अझ अहिलेको देखावटी युगमा साचो माया त कहा पाइन्छ होला र ? तर यहि समयमा पनि रेश्मा घिमिरेले पुष्प खड्काको लागि यस प्रकारको अमुर्त माया पालेकी छन्  । उनी सामु पुष्पको भौतिक शरीर नभए पनि उनकै लागि गीत गाउदै छिन्  । यति मात्र कहा हो र उनको त सात जुनी सम्म पनि प्रतीक्षा गर्ने लक्ष्य छ  ।

यो माया बनिका प्रधानको गीत ‘गाइदिन्छु गीत’ का लागि पुष्प र रेश्माले गरेको जीवन्त अभिनय हो  । यो गीतका लागि भिडियो कन्सेप्ट तथा निर्देशन सराना श्रेष्ठले गरेकी छन्  । उनी अग्रज कलाकार मदन कृष्ण श्रेष्ठकी छोरी समेत हुन्  । बिनिता उप्रेती खनालको शब्द तथा निर्माण रहेको गीतमा किरण कंडेलले संगीत गरेका छन्  । नवराज उप्रेतीको छायांकन रहेको भिडियो सम्पादन नविन निरौलालेगरेका हुन् ।