पिरिम नलगाउने टिमकै आयो ‘गलबन्दी पच्छ्यौरी’

संगीतकार दीपक शर्माको ‘पिरिम नलाउने बोलको गीत नेपाली म्युजिक भिडियो इतिहासमै युट्युबमा सर्वाधिक हेरिएको थियो । उक्त गीत नलगाउनेलाई झण्डै सात करोड पटक हेरिएको छ । ‘पिरिम नलाउने’ गीतको सफलता पश्चात उनै संगीतकारको शब्द तथा संगीतमा गायक आशिष सचिनको अर्को प्रस्तुती ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक भएको छ ।

गायक आशिष सचिनको स्वर तथा अभिनय रहेको ‘गलबन्दी पच्छ्यौरी’लाई चार दिन लगाएर खिचिएको थियो । गीतमा नेपाली परम्परागत रोटेपिङ, लिङ्गे पिङ, हाटबजारको दृश्यलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । ‘पिरिम नलाउने’ बोलको गीतलाई जस्तै यस गीतलाई पनि दर्शकले मन पराउने छन् भन्ने कुरामा आफू विश्वस्त रहेको अभिनेत्री वर्षा राउतले बताईन् ।

गीतमा गायक आशिष सचिनलाई गायिक मेलिना राईले स्वरमा साथ दिएकी छिन् । गीतको भिडियोलाई सुव्रत राज आचार्यले निर्देशन गरेका छन् । गम्भिर विष्टको कन्सेप्ट तथाकोरियोग्राफी रहेको गीतको भिडियोमा गायक आशिष सचिनका साथै वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आर्शिना भट्टराई लगायतको अभिनय रहेको छ । भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका हुन भने नविन निरौलाले सम्पादन गरेका छन् । गीतको भिडियोलाई ओ एस आरको आधिकारी युट्युव च्यानलमा सार्वजनिक गरिएको छ ।