गायक अरुण थापाको बायोपिकमा प्रदीप हुन्न : संजोग

गायक अरुण थापा मगरको जिवनीमा चलचित्र निर्माणमा सालिक निर्माण समिति, प्रतिष्ठान, नेपाल मगर संघ आपत्ती जनाएको छ । उनले फिल्म निर्माण गर्दा आपत्ति नभएको तर प्रदीप खड्का गायक अरुणको भुमिकामा देखिन लागेको आपत्ति जनाएको हो । संजोग लाफा मगरले अरुण थापा मगरको भूमिकामा प्रदीप खडका रहने भनेपछी चलचित्रलाई सतही रुपमा हेरिएको रहेछ भन्ने महसुस गरेंको बताएका छन् । उनले पहिलो गाँसमा ढुँगा भनेझैं मङ्गोल अनुहारको अरुण थापा मगर आर्यन अनुहारको प्रदीप खडकामा आकाश पातालको फरक रहेको बताएका छन् । उनले चलचित्रमा जिवन्तको लागि कलाकार छनौट महत्वपुर्ण हो । यस्तो दुर्भाग्य निर्णय पक्कै पनि निर्देशक दिनेश राउतजीले गर्ने छैनन, भनेका छन् ।

उनले युवराज लामाको उदाहरण दिदै भने , ‘२५ बर्ष अघि युवराज लामा दाइले सुम्निमा चलचित्रमा मनिषा कोइरालाजीलाई सुम्निमाको भूमिकामा राखेर चलचित्र निर्माण गर्ने घोषणा गरेपछी चौतर्फी बिरोध भएको थियो । मिस्कास्टिङ गलत भूमिकाको कारणले त्यो फिल्म बन्न सकेन । प्रदर्शनको समयमा वा अन्य दिन चलचित्रको बिरोध भएमा सम्पुर्ण क्षति निर्माताको हुने भएकोले धेरै सोचबिचारका साथ चलचित्र निर्माण गर्न हार्दिक अनुरोध गरेका छन् । उनले अरुण थापा मगरसंग प्रत्यक्ष सरोकार उहाँको परिवार, सालिक निर्माण समिति, प्रतिष्ठान, नेपाल मगर संघ भएकोले गम्भिर ध्यान आकर्षण गराउन चाहान्छु,, भनेका छन् । यसका कारण गायक अरुण थापाको बायोपिक बन्ने कुरामा अन्योल बनको देखियो ।