निश्चल-स्वस्तिमाको ‘घामड शेरे’ फस्टलुक पोष्टर

फिल्म ‘घामड शेरे’ को फस्ट लुक सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा निश्चलको डर्टी लुक देख्न सकिन्छ । रियल कपाल निस्चल बस्नेत र स्वस्तिमा खड्काले स्क्रिन सेयर गरेको पहिलो फिल्मको छायांकन सुर्खेतबाट सुरु भएको थियो ।

३५ दिनको छायांकन सुर्खेत आसपास गरेर निर्माण टिमले बाकी छायांकन काठमाण्डौमा गरेको छ । हेमराज बिसीको निर्देशन रहेको फिल्ममा निश्चल स्वस्तिमाको साथमा लोकेन्द्र लेखक, सुष्मा निरौला लगायत कलाकार रहेका छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहेको छ । फिल्म कार्तिक ८बाट प्रदर्शनमा आउने छ ।