भारतीय कलाकार कर्नाडको निधन

भारतीय अभिनेता तथा निर्देशक गिरीश कर्नाडको सोमबार ८१ वर्षको उमेरमा निधन भएको छ । बैगलोरमा सोमबार बिहान ८ बजेर ३० मिनेटमा उनको निधन भएको भारतीय संचार माध्यमले जनाएको छ ।  ‘पल्टिपल अर्गान फेलियर’का कारण उनको मृत्यु भएको बताइएको छ । उनको निधन पछि कर्नाटक सरकारले तीन दिनको राजकीय शोकको घोषणा गरेको छ ।

सन् १९७१मा उनले डेब्यु फिल्म ‘भस्म ब्रिक्रक्षय’ मार्फत नै ३ वटा फिल्म फेयर अवार्ड हात पारेका थिए । उनका चर्चित फिल्ममा निशान्त, मनथान, स्वामी, पुकार लगायत पर्छन् । उनले ६ दशक लामो समयसम्म भारतीय साहित्य, फिल्म लेखन, निर्देशन तथा अभिनयमा बिताएका थिए । उनको निधनमा भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले समेत शोक ब्यक्त गरेका छन् ।