फिल्मकर्मी शाही बिरुद्ध एक करोड बिगो माग

फिल्मकर्मी गोविन्द शाही हिजो कार्तिक २१ गते फिल्म ‘घामड शेरे’ को प्रिमियरका लागि भक्तपुर पुगेको अवस्थामा पक्राउ परेका हुन्  । उनलाई प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो उनलाई फिल्म लिलीबिलीको लगानी फिर्ता नदिएको भन्दै पक्राउ गरेको हो  । यस विषयमा निर्माता सुदिप खड्का र निर्देशक मिलन चाम्सले करिव एक वर्ष अगाडी उजुरी दिएका थिए  । सोहि प्रकरणमा अदालतको पक्राउ पुर्जीपछी उनलाई प्रहरीले पक्राउ गरेको हो  । उनी बिरुद्ध एक करोड बिगो माग राखिएको छ  ।

यस भन्दा अघि भदौ ४मा पक्राउ परेका उनी २५ दिन थुनामा रहेर बन्दिप्रत्यक्षकरण मुद्धा अन्तर्गत छुटेका थिए  ।  दशैं पछी सरकारी वकिलले अभियोगपत्र दर्ता गरेपछि उनी पक्राउ परेका हुन्  । उनीसंगै उनकी श्रीमती भावना शाही काफिया फिल्म्सको सहसंचालक भएको कारण अदालतले उनी बिरुद्ध समेत पक्राउ पुर्जी जारी गरेको छ ।