चाम्सको ‘गोर्खा वारियर’ टेस्ट टिजर

मिलन चाम्सको निर्देशनमा बन्न लागेको अन्तररास्ट्रिय प्रोजेक्ट ‘गोर्खा वारियर’को टेस्ट टिजर सार्वजनिक भएको छ । टिजरमा समाबेश दृस्यहरु फिल्ममा नरहने निर्देशक मिलन चाम्सले बताएका छन् ।

वीर गोर्खालीको कथामा बन्ने फिल्म केहि समय पश्चात छायांकन सुरु हुने बताईएको छ । फिल्ममा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन फाइनल भएका छन् । हलिउड कलाकारको पनि अभिनय रहने फिल्मबाट रितेश चाम्सले डेब्यु गर्नेछन् । ५० प्रतिशत हलिउड प्राविधिक राखेर बनाइने फिल्मम नेपाली र अंग्रेजी भाषामा तयार गरिनेछ । लण्डनमा १० हजार दर्शकका साथ फिल्मको वर्ल्ड प्रिमियर गरिने निर्देशक मिलनले बताए । यूके, अफगानिस्तान र नेपालमा छायांकन हुने फिल्मको एक अभिनेत्रीको खोजी भैरहेको समेत निर्माण पक्षले बताएको छ । लण्डन सिने आइ प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् ।