सेलिब्रेटीको रोजाई बन्दै ‘हेयर एण्ड शान्ती’

भारतमा चर्चा कमाएको प्रतिष्ठित सैलुन ‘हेयर एण्ड शान्ती’ले नेपालमा शाखा खोलेको छोटो समयमा नै ख्याती कमाउन सफल भएको छ । काठमाण्डौंस्थित दरबारमार्गबाट सुरु भएको ‘हेयर एण्ड शान्ती’को नेपाल यात्राले तिब्रता लिएको छ । हाल सैलुनको शाखा ठमेलको छायाँ सेन्टर र जावलाखेलको मिनिसो एण्ड क्याफे कफिको विल्डिङमा एकसाथ खोलिएको छ ।

निकट भविष्यमा नेपालका विभिन्न मुख्य शहरहरु पोखरा, वुटवल, चितवन, नेपालगन्जमा शाखा संचालनको तयारीमा रहेको सैलुन कि प्रवन्ध निर्देशक अनुजा श्रेष्ठले बताएकी छिन् । भारतका बिभिन्न स्थानमा १ दर्जन भन्दा बढी शाखा खोलिएको यस सैलुनले दुई वर्षअघि नेपालका प्रमुख शहरमा आफ्नो शाखा बिस्तार गर्ने योजना अनुरुप नेपाल भित्रिएको हो । ‘पहिलो कुरा त हामी नेपाली हौं, भारतमा जतिसुकै राम्रो व्यापार गरेपनि आफु जन्मिएको ठाउका ग्राहकलाई पनि सेवा दिनुपर्यो भन्ने उदेश्यका साथ हामी नेपाल छिरेका हौं’, श्रेष्ठले भनिन् ।

हेयर एण्ड शान्ति आम सर्वसाधारण मात्र नभएर नेपाली मनोरंजन क्षेत्रमा विभिन्न व्यक्तिहरुको पहिलो रोजाई बन्ने गरेको छ । अभिनेत्री / निर्देशक दिपाश्री निरौला, अभिनेत्री वर्षा राउत, रेखा थापा, पुजा शर्मा, पल शाह, छुल्ठिम गुरुङ, प्रशान्त ताम्राकार, रमेश उप्रेती, पुर्व मिस नेपाल अश्मि श्रेष्ठ, गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायक हिमाल सागर लगायत दर्जनौं सेलिब्रेटि नियमित रुपमा हेयर एण्ड शान्तीमा सेवा लिने गरेका छन् ।

हाल नेपालमा मात्रै ७० जना भन्दा बढीलाई रोजगारी दिइरहेको सैलुनले नेपालमा शाखा बिस्तार भएसंगै अझै बढी रोजगारीको अवसर सिर्जना गर्ने प्रवन्ध निर्देशक श्रेष्ठले बताइन् ।