बर्षायाममा कपालको स्याहार

मौसम परिवर्तन संगै कपालमा विभिन्न समस्या बड्दै जाने गर्छ ।  बर्षायाममा कपाल झर्ने, टुक्रिने, हाँगा पलाउने, चायाँ पर्ने जस्ता समस्या देखिने गर्छ ।

बर्षाका कारण पानी शुद्ध नहुने भएको कारण यो समय बढी समस्या देखिने गर्छ । तसर्थ पानीमा भिजेको समय तत्काल नै माइल्ड स्याम्पुले कपाल धुनु पर्छ । लामो समय सम्म बर्षाको पानीमा रुझेमा कपाल टुक्रिने गर्छ सोही कारण छाता बोकेर हिड्नु पर्छ । र वर्षाको पानीबाट कपाललाई जोगाउनु पर्छ ।

बर्षामा हुने प्रदुषणको कारण कपालमा विभिन्न किटाणू जम्मा भइ कपाल कम्जोर बन्दै जान्छ ।

घामको सिधा सम्पर्कका कारण समेत कपाल कम्जोर बन्छ । तसर्थ घाममा हिड्दै हुनुहुन्छ भने हेयर सेरम प्रयोग गर्न जरुरी छ ।

गर्मीको कारण पसिना बढी आइ फंगल इन्फेक्सन हुन्छ । जसले चायाँको समस्या सुरु हुन्छ । तसर्थ दिन बिराएर एन्टीडेन्ड्रफ स्याम्पुको प्रयोग गरि कपाल सफा गर्नु पर्छ ।

साथै चायाँको समस्याबाट बच्न अरुले प्रयोग गरेको काइयो, तौलिया र तकिया प्रयोग गर्नु हुदैन । र यी सामाग्रीको सफाईमा विशेष ध्यान दिनु पर्छ । एन्टीसेप्टिक घोलमा डुबाइ  घाममा सुकाएर मात्रै प्रयोग गर्नुपर्छ ।
(शर्मा कारा ब्युटी केयर एण्ड ट्रेनिंग सेन्टरकी संचालक हुन्)