आजबाट हलमा ‘हजार जुनी सम्म’

विकासराज आचार्य निर्देशित फिल्म ‘हजार जुनी सम्म’ आज साउन ३० गते रक्षाबन्धनको दिन बाट प्रदर्शनमा आएको छ ।
फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, संचिता लुइँटेल , अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ ।

नाई नभन्नु ल सिरिजका निर्देशककै निर्देशन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । फिल्ममा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् । फिल्मलाई सफलताको शुभकामना ।