साउन ३०मै ‘हजार जुनी सम्म’

फिल्म हजार जुनी सम्म पुरानै मितिमा प्रदर्शनमा आउने भएको छ ।  भदौ ६ गतेबाट प्रदर्शनमा आउने भनीए पनि अब पुरानो मिति साउन ३०बाट नै हलमा लाग्ने भएको हो ।

फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सलोन बस्नेत, स्वस्तिमा खड्का तथा नयाँ कलाकार अकी प्रधान रहने छन् । आचार्यको नयाँ फिल्ममा निर्देशक स्वयम् र सामिप्यराज तिमिल्सिनाको स्क्रिप्ट रहेको छ । विशाल चाम्लिङको निर्माणमा तयार भएको फिल्मको छायांकन नेपाल र भारतको सिक्किममा गरिएको हो ।