कंडेलको ‘हरे राम हरे कृष्ण’

सशान कडेलको आवाजमा भजन ‘हरे राम हरे कृष्ण’ सार्वजनिक भएको छ । हिरालाल कंडेलको शब्द तथा संगीत रहेको भजनको संगीत संयोजन संजय हमालले गरेका हुन् । बुद्ध थापा तथा सुलभ अधिकारीले खिचेको भिडियो सम्पादन निशान घिमिरेले गरेका हुन् । सशान कंडेलकै निर्देशन रहेको भिडियोमा सशान नै फिचर्ड छन् ।