रहेनन् गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमाल

रेडियो नेपालका प्रथम गायक, नाट्य धरोहर हरिप्रसाद रिमालको ९३ बर्षको उमेरमा निधन भएको छ । लामो समय देखी अस्वस्थ रहेका रिमालको गएराति आफ्नै निवास बानेश्वरमा निधन भएको हो ।

नेपाली संगीत र नाट्य क्षेत्रमा अतुलनीय योगदान पुर्याएका रिमालको पार्थिव शरीर श्रद्धान्जलीका लागी बिहान १० बजेसम्म निवासमा राखिने र त्यसपछि अाजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । उनले फिल्म ‘आमा’, नाटकहरु सन्तान, मुकुन्द इन्दिरा लगायतमा अभिनय गरेका थिए । अभिनयसँगै उनको सकृयता निर्देशनमा पनि रहेको थियो । उनका ‘फगत एक नजरमा…’ लगायतका गीत निकै चर्चित छन् ।