‘रोमियो’लाई हलमा हसनले डुबाए, युटुबमा एलिसले

अभिनेता बन्ने रहर गरेर ‘अलबिदा’बाट हिरो बनेका हसनराजा खानलाई आफ्नै लगानीमा बनेका २ वटा फिल्म फापेनन् । उनले अलबिदापछि ‘रोमियो’ बनाए । दुबै फिल्म हलमा चिलिम फर्कियो ।

फिल्म नचल्नुमा हसनको हिरो बन्ने रोग पनि थियो । हसन राम्रो निर्माता बनेर देखिएको भएपनि हुने । तर, उनलाई हिरो पनि हुने रहर लाग्यो । दर्शकले उनलाई पत्याएनन् । हलमा फिल्मले गतिलो कमाई गरेको थिएन ।
तर, रोमियोलाई त युटुबमा पनि ब्याडलक नै भयो । यो फिल्म हेर्ने दर्शकले धेरै स्थानमा साउन्ड नै पाउँदैनन् । फिल्ममा ब्याकग्राउन्ड साउण्ड नै छैन । कारण के त ?

फिल्ममा ब्याग्राउन्ड साउण्ड दिएका एलिस कार्कीले विभिन्न गीतबाट ब्याकग्राउन्ड साउण्ड चोरेर हालेको आरोप हसनले लगाएका छन् । हसनको कुरा सही हो या होइन त्यो उनलाई नै थाहा छ । तर, फिल्म हेर्दा धेरै ठाउँमा ब्याकग्राउन्ड साउण्ड उडेको छ । कुनैमा रहने तर कुनैमा उड्ने, पक्कै युटुबमा कपी राइट्सको कुरा उठेको हुनुपर्छ ।

हसनलाई पनि रोमियोले गर्नु नै गर्यो । पहिले आफ्नै हिरो बन्ने रहरले फिल्म डुब्यो । अहिले एलिसले गर्दा युुटबमा दर्शकले फरक महशुश गरेर फिल्म हेर्न पाएनन् । डुब्न पनि कता कताबाट डुब्नु के है ?