भारतीय कलाकार हेमा मालिनी विजयी

भारतीय जनता पार्टीकी उमेरद्वार हेमा मालिनी लोकसभा चुनावमा विजयी भएकी छन् । उनले उत्तरप्रदेशको मथुरबाट चुनाव जितेकी हुन् ।

विपक्षी आरएलडीका उम्मेद्वार कुँवर नरेन्द्र सिंहलाई हराएर मालिनीले चुनाव जितेकी हुन् ।  मालिनीले ४ लाख ९ हजार ३ सय २५ मत ल्याएर विजयी बनेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सिंहले २ लाख १९ हजार १ सय ८ मत ल्याएका छन् । उनले १ लाख ९० हजार २ सय १७ मतान्तरले चुनाव जितेकी हुन् ।