मानस राजको ‘हिरो’ मा दीक्षा र शुभम

‘हिरो’ शीर्षकको गीत सार्वजनिक भएको छ । गीतमा गायक मानस राजको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । गीतको भिडियो पनि गायक मानस राजले नै निर्देशन गरेका हुन् । भिडियोमा बाल नृत्यांगना दीक्षा ठकुरीले र बुगीउगीका टप टेन फाइनलिष्ट शुभम भुजेलले नृत्य प्रस्तुत गरेका छन् । राजेश ईशानद्वारा संगीत संयोजन गरिएको यो गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् । भिडियोमा शुभम भुजेलको कोरियोग्रँफी छ । ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको उक्त भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।