‘हे राम’ मा शाहरुखको पारिश्रमिक – मात्र एउटा घडी

सन् २००० मा रिलिज भएको फिल्म ‘हे राम’ मा अभिनेता शाहरुख खानले पारिश्रमिक नलिएको कुरा फिल्मका निर्देशक कमल हसनले खुलाएका छन् । कमल हसनले फिल्ममा मुख्य भुमिकामा अभिनय पनि गरेका थिए । उनका अनुसार शाहरुख खानले फिल्मको लागि केवल एउटा हातमा लगाउने घडी मात्र लिएका थिए । ‘हे राम’ महात्मा गान्धीको हत्याको बारेमा बनाइएको थियो ।फिल्ममा शाहरुख खानले कमल हसनले निभाएको साकेत राम चरित्रको साथि अमजद अलि खानको भुमिका निभाएका थिए ।

फिल्ममा महात्मा गान्धीलाई नकारात्मक तरिकाले देखाइएको भनेर फिल्मको बिरोध गरिएको थियो । फिल्ममा कमल हसनको अलावा शाहरुख खान, रानी मुखर्जी, हेमा मालिनी, नसीरुद्दीन शाह, फरीदा जलाल र अतुल कुलकर्णी महत्वपूर्ण भुमिकामा थिए ।

फिल्मको रिमेकको अधिकार शाहरुख खान सँग रहेको छ ।